स्प्लिट ब्रेन सिन्ड्रोम’को जोखिम

  • ३५९
  • आइतबार, १९ जेठ २०७६

काठमाडौं | मानिसको दिमाग दुई भागमा बाँडिएको हुन्छ, दायाँ र बायाँ । दुवै हिस्साको आ-आफ्नो खुबी हुन्छ । दुवै हिस्सा एकअर्कामा जोडिएका हुन्छन् । र, हामी यही दुई हिस्साको मद्दतबाट देख्न, बोल्न, सुन्न र बुझ्न सक्छौं । तर कतिपय मानिसको दिमागका दुई हिस्साबीचको सम्बन्ध टुट्न पुग्छ । यसलाई ‘स्प्लिट ब्रेन सिन्ड्रोम’ भनिन्छ ।

माइकल गेजानिगा, अमेरिकाको सेन्टा बारबरास्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका मनोविज्ञानका प्राध्यापक हुन् । उनले लामो समयदेखि मानिसको दिमागमा रहेको दुई हिस्साका बारेमा अध्ययन गर्दै आएका छन् । माइकल सन् १९६१ देखि यस विषयमा अनुसन्धान गर्दै आएका छन् । उनका अनुसार छारे रोग (छोप्ने) रोगको उपचारका क्रममा मानिसको दिमागको दुई हिस्साबीचको सम्पर्क टुटाइन्छ ।

डब्ल्युजे नामका छारे रोगका विरामीलाई क्यालिफोर्निया टेक्निकल इन्स्टिच्युट (क्यालटेक) मा यसैगरी उपचार गरिएको थियो । उक्त समय माइकल त्यहाँ अनुसन्धान गरिरहेका थिए । ‘‘हाम्रो दिमागको दाहिनेतर्फको हिस्साले कुनै पनि वस्तुलाई देखेर चिन्ने काम गर्छ । देब्रेतर्फको हिस्साले वस्तुको नाम लिन्छ । किनकि, हाम्रो दिमागको देब्रे हिस्साको मद्दतबाट भाषा सिक्ने र बोली नियन्त्रण गर्ने काम हुन्छ ।’’

हरेक मानिसमा यही हुन्छ । विशेषगरी, हाम्रो दिमागको दुवै हिस्सा जोडिएको हुन्छ । यसैकारण हामी दायाँ वा बायाँ आँखाले हेर्दा वस्तुलाई चिनिहाल्छौं र त्यसको नाम लिइहाल्छौं ।

तर डब्ल्युजेको उपचारका क्रममा उनको दिमागको दुई हिस्सालाई बीचबाट काटेर अलग पारिएको थियो । त्यसपछि उनी दायाँ आँखाले हेर्थे, तर वस्तुका बारेमा भन्न सक्दैनथे । लेखिएको शब्दलाई भने उनी बायाँ हातले इशारा गर्दै आफूले देखेको कुरा बताउन सक्थे ।

डब्ल्युजेको दिमागको दायाँ हिस्सालाई थाहा थियो उनले के देखे भन्ने । तर बोल्नका लागि दिमागको बायाँ हिस्साको मद्दत आवश्यक थियो, तर बायाँ हिस्साको दायाँ हिस्सासँगको सम्पर्क टुटाइएको थियो । त्यसैले उनी आफूले देखेको कुरा बोलेर बताउन सक्दैनथे । तर हातले भने बताउन सक्थे ।

अर्का एक विरामी एनजीको दिमागमा पनि यस्तै भयो । उनले एक चम्चामात्र दायाँ आँखाले देखे । उनलाई सोधियो, के देख्यौ भनेर । उनले आफूले केही पनि नदेखेको बताए । फेरि उनलाई एउटा बाकसमा रहेको वस्तु नहेरिकनै बायाँ हातले निकाल्न भनियो । त्यसको तस्बिर उनलाई देखाइएको थियो । उनको दिमागको दायाँ हिस्साले तत्कालै हातलाई चम्चातर्फ लम्काइदियो । तर चम्चा हातमा लिए पनि उनले त्यसको नाम भने बताउन सकेनन् । किनकि, उनले दिमागको बायाँ हिस्सालाई दायाँ हिस्साबाट पठाइएको सन्देश पाएका थिएनन् ।

उनले समातेका थिए चम्चा, तर उनी कहिले पेन्सिल त कहिले अरु नै थोक बताइरहेका थिए । माइकल यसैलाई स्प्लिट पर्सनालिटी डिसअर्डर भन्छन् । कहिलेकाहीँ दिमागका दुवै हिस्साबीच सम्पर्क रहिरहँदा पनि मानिसलाई अप्ठेरो पर्न सक्छ । यसको कारण हो, दिमागका नसाहरुबीच जानकारी लेनदेनमा कतिपय अवस्थामा खराब सङ्केत उत्पन्न भइदिन्छ । यस्तो अवस्थामा हामी पूरा रुपमा वस्तु चिन्न असमर्थ भइरहेका हुन्छौं । हाम्रो दायाँ र बायाँ हात नै पनि एउटै क्षमता वा शक्तिमा चलिरहेको हुँदैन ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.