संविधानको मर्म र भावनाविपरीत काम गर्दै हिँडेकाले कम्युनिष्ट लामो समय नटिक्ने : देउवा

  • ३१०
  • आइतबार, १९ जेठ २०७६

भैरहवा | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको मर्म र भावनाविपरीत काम गर्दै हिँडेकाले कम्युनिष्ट नेतृत्वको सरकार लामो समय नटिक्ने बताएका छन्।

सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक, स्वतन्त्र न्यायलय माथिको हस्तक्षेप तथा मानव अधिकार आयोगको अधिकार कुन्ठित गर्ने गरी ल्याइएका विधेयकले संविधानको मर्म र भावनाविपरीत रहेको सभापति देउवाको ठहर छ।

सभापति देउवाले वर्तमान सरकार पछिल्लो समय तानाशाह शैलीमा अगाडि बढेको बताउँदै नेपालमा तानाशाह सम्भव नभएकोे जिकिर गरे। सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक, स्वतन्त्र न्यायलय माथिको हस्तक्षेप तानाशाही प्रवृत्ति भएको टिप्पणी गर्दै सभापति देउवाले सरकारले प्रेस र न्यायालयलाई स्वतन्त्र नछोडे राणा, पञ्चायत र राजा जस्तै सदाका लागि कम्युनिष्टहरुलाई पनि हटाउने चेतावनी दिए।

नेपाल प्रेस युनियन रुपन्देहीले आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाए।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वाइडबडी, बूढीगण्डकी जलविद्युत आयोजना, बालुवाटार प्रकरणमा सरकारले चरम भ्रष्टचार गरेको आरोप लगाए। उनले सरकारका गलत कामको भण्डाफोरका लागि कांग्रेसले सडक आन्दोलन समेत गर्ने बताए।

पूर्वप्रधानमन्त्री देउवाले कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले ल्याएको बजेट वितरणमुखी भएको टिप्पणी गरे। उनले आफ्ना कार्यकर्ता पाल्न बजेट ल्याएको आरोप समेत लगाए। उनले विदेशीले दिएको सहायताले पार्टीका कार्यकर्ता पाल्न नमिल्ने जिकिर समेत गरे।

सभापति देउवाले पार्टीभित्रको गुटबन्दीको अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्। उनले पार्टी भित्रको असन्तुष्टि समाप्त पार्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताए।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.