दरबार हत्याकाण्डको १८ वर्ष पूरा

  • २५०
  • आइतबार, १९ जेठ २०७६

काठमाडौं । नेपालको राजनीतिक इतिहासै ठूलो हत्या काण्डका रुपमा परिचित तत्कालीन राजपरिवारको नरसंहार गरिएको आज १८ वर्ष पुगेको छ।

राजा वीरेन्द्र शाहको परिवारका १० सदस्यको हत्या १९ जेठ २०५८ मा भयो, जसलाई दरबार हत्याकाण्डुका नामले समेत चिनिन्छ।

नेपालको आधुनिक इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगयतको हत्या भएको थियो।

पूर्वराजा ज्ञानेन्द्र पत्नि कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए।

आफ्ना दाजुको परिवारको नरसंहार भएपछि नयाँ राजा बनेका ज्ञानेन्द्र शाहले उक्त हत्या काण्डको छानविबन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा ९एमाले० नेता माधवकुमार नेपाल रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए। नेता नेपालले भने पछि समिति नरहने भन्दै नाम फिर्ता लिएका थिए।

एक हप्तापछि समितिले राजालाई प्रतिवेदन पेस गरेको थियो, जसले बजारमा चलेका विभिन्न हल्ला तथा अडकलबाजीलाई थप बल पुर्‍याउने काम गर्‍यो। देवयानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले आफूहरुको बिहेलाई राजपरिवारले स्वीकार नगरेकाले यस्तो हत्याकाण्ड मच्चाएको प्रतिवेदनमा भनिएको छ।

छानबिन प्रतिवेदनमा लागूपदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निष्कर्ष निकालिएको थियो। तर, सो प्रतिवेदनप्रति आम जनता अहिले पनि विश्वस्त हुन सकिरहेको देखिँदैन।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.