सुर्तिजन्य पदार्थको सेवनले लिन्छ ज्यान

  • २३३
  • शुक्रबार, १७ जेठ २०७६

काठमाडौं | सुर्तिजन्य पदार्थको सेवनका कारण नेपालमा दिनहुँ धेरै संख्यामा मानिसहरुको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।

‘सुर्तिजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने नाराका साथ विश्व सुर्तिजन्य पदार्थ रहित दिवस ३१ मे मनाउने सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्री बहादुर खड्काले नेपालमा करिब ९० लाख ९३०/८० प्रतिशत नेपालीहरुले धुम्रपान र सुतिजन्य पदार्थको सेवन गरेको तथ्यांक सुनाए ।

धुम्रपानको कारण मानिसहरुमा स्वास्थ्यसम्बन्धी विभिन्न रोगहरु (क्यान्सर, मुटुरोग, मधुमेह र दिर्घ श्वासप्रश्वास) देखा परेको पनि उनले जनाए ।

उनका अनुसार, धुवाँको रुपमा नेपालमा १८ प्रतिशतले सुर्ती खाने गरेको र काँचो सुर्ती खानेहरु १७ प्रतिशत छन् । त्यस्तै, उनले १३ देखि १५ वर्षका युवाले २०/४ प्रतिशत सेवन गर्ने गरेको पनि सुनाए ।
डेन्टल विद्यार्थीले ३३ प्रतिशत र नर्सिङ विद्यार्थी १/२ प्रतिशत रहेको पनि खड्काले तथ्यांक सुनाए । त्यस्तै, शिक्षक तथा विद्यालयका २१/५ प्रतिशत कर्मचारीहरुले पनि सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांक खड्काले पेश गरे ।

त्यस्तै, सुर्तिजन्य पदार्थ सेवन नगर्ने तर सेवन गर्नेको वरिपरि बसी धुँवा ग्रहण (सेकेण्ड ह्याण्ड स्मोकर) गर्नेलाई असर पर्ने गरेको पनि उनले सुनाए । उनले भने,‘सुर्ती सेवन गर्नेजतिनै सेवन गर्ने मान्छेसँग बस्नेलाईपनि उतिकै असर गर्छ ।’ त्यस्तै, उनले ४७ सय ३२ टन चुरोटका फोहोर बट्टा नेपालमा थुप्रिएको पनि तथ्यांक सुनाए ।

उनकाअनुसार सुर्तिजन्य पदार्थ सेवन गरेको कारणबाट लाग्ने रोगहरु क्यान्सर, मुटु रोग, मधुमेह, दिर्घ श्वासप्रश्वास रोगहरुको उपचारको लागि ४७ अर्व ३० करोड खर्च भैरहेको छ । उनले भने,‘त्यसमध्ये चार अर्व ७० करोड नेपाल सरकारले खर्च व्यहोर्छ, बाँकी ४२ अर्ब ६० करोड नेपाली जनता आफ्नो गोजीबाट खर्च गर्छन् ।’ तर, सरकारलाई सुर्तिजन्य पदार्थको राजश्व वार्षिक रुपमा १७ अर्ब रुपैयाँमात्रै बुझाउने गरिएको तथ्यांक खड्काले पेश गरे ।

उनले सुर्तिजन्य पदार्थमा कर बढाउने, सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन निषेध गर्ने, सुर्तिजन्य पदार्थको विज्ञापन बन्द गर्ने, धुम्रपान गर्नेहरुलाई त्याग गराउन लगाउने र सुर्तिजन्य पदार्थको सेवनको असरबारे जनचेतना जगाउने काम गरिए सुर्तिजन्य पदार्थ सेवनमा नियन्त्रण हुने विश्वास दिलाए ।

खड्काले कुल क्यान्सर रोगका कारण विरामी हुने नेपालीहरुको संख्या ३/५ प्रतिशत रहेकोमा त्यही तथ्यांकलाई कुल मान्दा त्यसमध्ये सुर्तिजन्य पदार्थको सेवनका कारणले हुने क्यान्सरको २९ प्रतिशत रहेको जनाए । त्यस्तै, मुटु रोग १२/४ प्रतिशत विरामी हुनेमा सुर्तिजन्य पदार्थको सेवनका कारणले विरामी हुने २१ प्रतिशत रहेको जनाए ।

खड्काले विश्वमा प्रत्येक चार सेकेण्डमा एक जना र वार्षिक ८० लाख मानिसको सुर्तिजन्य सेवनका कारण लाग्ने रोगका कारण निधन हुने गरेको र नेपालमा प्रत्येक घण्टा चार जनाको निधन हुने गरेको पनि सुनाए । उनकाअनुसार नेपालमा वार्षिक २७ हजार १ सय ३७ जनाले सुर्तिजन्य पदार्थ सेवनकै कारण लाग्ने रोगबाट मृत्युवरण गर्नुपरेको छ ।

त्यस्तै, नेपालमा कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगहरु (क्यान्सर, मुटुरोग, मधुमेह र दिर्घ श्वासप्रश्वाँस) कारण भैरहेको पनि खड्काले तथ्यांक पेश गरे । त्यस्तै, नेपालमा फोक्सोको क्यान्सरबाट कुल क्यान्सर मृत्युमध्ये १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाहरुको मृत्यु हुने गरेको पनि उनले सनुाए । उनले भने,‘सुर्तिजन्य पदार्थ सेवन नगरेमा ९० प्रतिशत फोक्सोको क्यान्सर रोगबाट मृत्यु हुनबाट रोक्न सकिन्छ ।’

निर्देशक खड्काले सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन–२०६८ लाई कार्यान्वयन गरेपछि दैनिक ११ खिल्ली चुरोट सेवन गर्ने नेपालीहरु दैनिक ५ खिल्ली सेवन गर्ने गरेको पछिल्लो तथ्यांक पनि पेश गरे । उनले उक्त ऐन कार्यान्वयनमा आएसँगै यसरी नेपालीहरुमा चुरोट सेवनको संख्या घट्नु खुशीको कुरा भएको पनि स्पष्ट पारे ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.