रोगीको कुण्डली हेरेर उपचार गरिने अनौठो अस्पताल

  • २९९
  • मंगलवार, १४ जेठ २०७६

एजेन्सी। भारतको जयपुर स्थित युनिक संगीता मेमोरियल अस्पतालमा रोगीको कुण्डली हेरेर मात्र उपचार गरिने बताइएको छ ।

आधुनिक चिकित्सामा ज्योतिषशास्त्रको उपयोग गर्ने अनौठो यस अस्पतालको चर्चा भइरहेको छ । अहिले अस्पतालमा २२ स्टाफ छन् । तिनमा पाँच डाक्टर छन् ।

त्यहाँ कार्यरत चिकित्सकहरूका अनुसार, ज्योतिष विज्ञानले रोग पहिचान गर्न सहज हुन्छ र रोगीहरूलाई परामर्श दिन पनि सहायक हुन्छ ।

अस्पतालका सर्जन डा. महेश कुलकर्णी भन्छन्, ‘हामी यहाँ ज्योतिष र मेडिकल साइन्सको तालमेल बसाउन खोज्दैछौं ।’

उनका अनुसार, ‘भारतीय संस्कृतिमा ज्योतिष विज्ञानको महत्त्व छ । हामीकहाँ ज्योतिषी पण्डित अखिलेश शर्मा हुनुहुन्छ ।

रोगी आएपछि उहाँले उसको कुण्डली हेरेर ग्रहदशाको मूल्यांकन गर्नुहुन्छ । अनि मेडिकल र ज्योतिषीय जाँचको परिणामको तुलना गरिन्छ । त्यही डायग्नोसिसका आधारमा आधुनिक तरिकाले रोगीहरूको उपचार गरिन्छ ।’

डा. कुलकर्णीले भने, ‘अहिलेसम्म हामीले ७० वटा केस हेरेका छौं । तिनमा ज्योतिषीहरूले रोगका बारेमा जे भने मेडिकल डायग्नोसिसमा त्यही देखियो । हामीकहँ आउने रोगी पनि सन्तुष्ट छन् ।’

पण्डित अखिलेश शर्मा टीमका एक अंग हुन् ।

पण्डित शर्माले भने, ‘म दिनदिनै २५ देखि ३० कुण्डली हेर्छु । तर हामी यहाँ ज्योतिषको उपयोग रोग चिन्न र जाँच्नका लागि मात्र गर्छौं । उपचार त मेडिकल साइन्सले नै गर्छ । ज्योतिषमार्फत रोग पत्ता लाग्छ र रोगीको समय पनि बर्बाद हुन्छ ।’

अस्पतालको टीमले मेडिकल साइन्स र ज्योतिषलाई मिसाएर नयाँ कोर्स शुरू गर्न गइरहेको छ । त्यसको नाम एस्ट्रोनोमिकल साइन्सेज हुनेछ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.