गृहमन्त्रीलाई प्रश्न–मृत्यु हुनेहरु नागरिक होइनन् भने को हुन् ?

  • १८९
  • सोमबार, १३ जेठ २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाइप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षालगायत पछिल्ला घटनाबारे जानकारी गराउने क्रममा गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटमा मारिनेहरु सामान्य नागरिक नभएको बताएपछि कांग्रेसका सांसदहरुले त्यसप्रति आपत्ति जनाएका हुन् । उनीहरुले घटनामा मारिने ‘कुन देशका नागरिक हुन्’ भनी गृहमन्त्रीलाई प्रतिप्रश्न गरे ।

सांसद पुष्पा भुसालले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसक्ने सरकारले हठ नत्याग्ने र विप्लवले पनि आफ्नो हिंसा नत्याग्ने हो भने त्यसको पीडा सर्वसाधारणले कहिलेसम्म भोग्नुपर्ने भनी प्रश्न गरिन् । उनको प्रश्न थियो, “गृहमन्त्रीले राजधानीमा भएको विष्फोटमा परि मृत्यु भएका ४ जना नेपाली जनता होइनन्, नेपाली नागरिक होइनन् भन्नुभयो । उनीहरु नागरिक होइनन् भने को हुन् ?”सांसद देवेन्द्रराज कँडेलले ‘हिजोको द्वन्द्वकालीन समयमा तात्कालीन सरकारले बोल्ने भाषा नै गृहमन्त्रीले प्रयोग गरेको भन्दै हिजोको सरकारले गरेको काम गलत थियो कि सही‘ भनी प्रश्न गरे । उनको प्रश्न थियो, “जो मरे पनि के ती नेपाली नागरिक होइनन् रु हिजो मरेका पनि नेपाली नागरिक होइनन् रु” सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारलाई हठ छोड्न र विप्लवलाई हिंसा छोड्न आग्रह गरे ।

उनले भने, “सशस्त्र द्वन्द्वमा बाँचे सत्तामा पुगिन्छ मरे नागरिकता जान्छ भन्ने गृहमन्त्रीको भनाइबाट समस्या समाधान हुँदैन । गम्भीर बन्नुहोस् । हिजोका आफ्ना दिन सम्झनुहोस् । भोलि नेपालीलाई थप दुःख नदिनुस् । आग्रह गर्दछु ।” सांसद राजेन्द्र कुमार केसीले बम विस्फोटसँगै राजधानीबासीहरु त्रसित भएको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति कसरी गराउनुहुन्छ भनी प्रश्न गरे ।

सांसद लक्ष्मी परियारले मृत्यु भएकाहरु नेपाली होइनन् भने को हुन् रु भनी प्रश्न गरे । सांसद पार्वती डिसी चौधरीले बम विष्फोटमा परि मृत्यु हुने नेपाली नभए को हुन् भनी प्रश्न गरिन् । सांसद उमा रेग्मीले राजधानीको बमकाण्डले सबैलाई तात्कालीन माओवादीको झल्को दिलाएको भन्दै वार्तामार्फत् समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सुजाता परियारले बम विस्फोटमा मृत्यु भएका नेपाली नागरिक नभए को हुन् भनी गृहमन्त्रीसँग प्रश्न गरिन् । सांसद देवप्रकाश तिमिल्सिनाले वार्तामार्फत् समस्या समाधान खोज्न आग्रह गरे । राजपाका सांसद शरतसिंह भण्डारीले राजनीतिक स्थायित्व र स्थिरताको जतिसुकै नारा लगाएपनि राजनीतिक समस्या अझै रहेको भन्दै त्यसलाई स्वीकार गर्न सरकारको ध्यानाकर्षण गरे ।
फाइल तस्बिर

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.