कपाल खस्ने समस्या रोक्ने पाँच तत्व

  • ३२७
  • सोमबार, १३ जेठ २०७६

एजेन्सी । कपाल खस्ने समस्याले धेरै मानिसलाई सताएको हुन्छ । शरीरमा भिटामिन लगायतका अन्य अवयवहरुको कमीले पनि कपाल झर्ने समस्या हुन्छ । धेरै मानिसहरुको भने जीनको कारणले कपाल खस्ने गर्दछ । जीनमै आएको कुरालाई त बदल्न सकिदैन तर पनि कपाल खस्नलाई भने केही कम गर्न सकिन्छ । कपाल खस्नबाट रोक्नको लागि निम्नलिखित तत्वहरुको आवश्यक पर्दछ ।

१. आइरन: शरीरमा आइरनको कमी छ भने आइरनयुक्त खानाले कपाल झर्नबाट रोक्न सक्छ । खानामा आइरनको कमी हुुन दिनुहुुन्न । डाक्टरसँग आफ्नो आइरनको लेभल चेक गर्नुुपर्दछ । आइरनको मुख्य स्रोतको रुपमा पालुङ्गो पर्दछ ।

२. जिंक: एउटा अध्ययनले शरीरमा जिंकको कमीले पनि कपाल खस्ने खालको समस्या देखापर्ने बताएको छ । जिंकयुुक्त खानाले कपाल खस्ने खालको समस्याबाट मुुक्ति पाउन सकिन्छ । जिंकको स्रोतमा पालुुङ्गो, रातो मासुु , अण्डाजस्ता खाद्यपदार्थ पर्दछन् ।

३. भिटामिन ए: भिटामिन ए पाइने खाद्यस्रोतमा स्वतः नै बेटा क्यारोटिन पाइन्छ । बेटा क्यारोटिनको मद्धतले आँखाको दृष्टि, रोग प्रतिरोधात्मक क्षमता बढाउनुुका साथै क्यान्सरलाई समेत रोक्न मद्धत गर्दछ । कपाल खस्नलाई पनि यसले रोक्दछ । गाँजर र ब्रोकाउलीमा बेटा क्यारोटिन पाउन सकिन्छ ।

४. भिटामिन डी: शरीरमा भिटामिन डीको कमीले पनि कपाल खस्ने गर्दछ । जब शरीरमा घामले स्पर्श गर्दछ तब शरीरले भिटामिन डी बनाउने गर्दछ । टुना, दुध, सुुन्तला र अण्डाको पहेँलो भागमा प्रशस्त मात्रामा भिटामिन डी पाइन्छ ।

५. बायोटिन: बायोटिन भिटामिन बीको एउटा रुप हो । शरीरमा आवश्यक पर्ने बायोटिन पुगेन भने कपाल खस्ने सम्भावनाका साथसाथै छालामा समेत असर पर्दछ । बायोटिनले कपाल खस्ने मात्र नरोकी कपाल बढ्न समेत सहयोग गर्दछ । फुलगोभी, केराउ, गाँजर, जौँ, चामल च्याउलगायतका खाद्यपदार्थमा बायोटिन पाइन्छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.